काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै १६३८ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १२ सय ८० जना, भक्तपुरका १९६ र ललितपुरका १६२ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २७२२ जना संक्रमित थपिएका छन्। याेसँगै नेपालमा संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनासहित थप ११ जना संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ । हालसम्म नेपालमा ५२० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु