स्वास्थ्य मन्त्री ढकालले भने, हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
मन्त्री ढकालले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसँगको कुराकानीमा तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका हुन्।
व्यवसायीहरुले फेरि लकडाउन हुने हल्लाका कारण व्यवसाय शुरु गर्न अलमल भएको भन्दै राखेको जिज्ञासाको जवाफ दिंदै उनले जस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्दै व्यापार व्यवसाय शुरु गर्न सकिने जनाए। उनले भने, ‘अझै पनि कोरोनाको जोखिम हटिसकेको छैन्। त्यसैले कार्यालयमा दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउने गरेर व्यवसाय शुरु गर्न सक्नुहुन्छ ।’
यसअघि सरकारले देशभर २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा पुन लकडाउनको लागि सिफारिस गर्ने जनाएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु