अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन: अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका छन्।
यस अघि उनले आफ्ना एकजना निकट सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए।
उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।
साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्। मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।
बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन्।
बीबीसी
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights