निजी ल्याब सञ्चालकले पीसीआर शुल्क समायोजन गरिदिन भन्दै मन्त्रालयलाई बुझाए पत्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी ल्याब सञ्चालकहरुले पीसीआर परीक्षण शुल्क समायोजन गरिदिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहिबार पत्र बुझाएका छन्।
सरकारले निजी ल्याबले २ हजार रुपैयाँमा कोरोना पत्ता लगाउन गरिने पीसीआर परीक्षण गर्नुपर्ने भन्दै यसो नगरे ल्याब स्वीकृति खारेज गर्ने निर्णय गरेको थियो । बुधबार मन्त्रालयबाट यस्तो निर्णय आएपछि उनीहरुले २ हजारमा पीसीआर परीक्षण गर्दा लाग्ने खर्च समेत नउठ्ने भन्दै यो शुल्कमा समायोजन गरिदिन आग्रह गरेका हुन्।
सरकारले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यही समयमा धेरै ल्याबहरु स्थापना भएका हुन्। पछि सरकारले सो शुल्क घटाएर ४ हजार ४ सय बनायो ।
पछि तेस्रोपटक भदौ २८ गते सरकारले सबै निजी तथा सरकारी ल्याबले पीसीआर गरेको शुल्क २ हजार रुपैयाँ मात्र लिन पाउने भन्दै निर्णय गरेको थियो । सो निर्णयलाई निजी ल्याब सञ्चालकहरुले अवैज्ञानिक भएको भन्दै यसमा पुनरावोलोकन गर्न भन्दै स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई भेटी ध्यानाकर्षण गराएका थिए । उनीहरुले सरकारले तोकेको २ हजारमा पीसीआर परीक्षण गर्न नसक्ने जानकारी गराएर ३ हजार ८९९ रुपैयाँ लिँदै आएका थिए । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार रिएजेन्ट प्रयोग गर्दा २ हजारमा परीक्षण गर्न नसकिने निजी प्रयोगशाला सञ्चालकहरुको दाबी छ ।
उपत्यका ८ वटा निजी ल्याब सञ्चालकहरुले आज यही विषयमा निजी अस्पतालहरूको छाता संगठन अफिनसँग छलफल गर्दैछन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु