नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो

हेल्थ टिभी अनलाइन \काडमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु हुने संक्रमितको संख्या ५०९ पुगेको हो ।
आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा सुनसरीका ३ जना पुरुष, काठमाडौंका २ जना पुरुष, भक्तपुरका १ जना, बाँकेका एक महिला र एक पुरुष रहेका छन् । यसैगरी रुपन्देहीमा पनि आज ३ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कुल संक्रमितबाट मृत्यु हुनेको संख्या प्रतिशतमा निकाल्दा शून्य दशमलब ६५ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु