नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा हरि सापकोटाको नेपालगञ्जको भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले हेल्थ टिभी अनलाइनलाई बताएका छन्। उनले भने, ‘उहाँलाई दुई साताअघि कोरोना संक्रमण भएपछि तीन दिन सुर्खेतमै उपचार गरेको र त्यसपछि स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल लगिएको थियो । आज उहाँको उपचारकै क्रममा निधन भएको खबर आयो ।
उनले आफूहरुले अभिभावक गुमाएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु