काठमाडौं उपत्यकामा एकैदिन थपिए ९०२ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका हुन्। यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६९७ जना, ललितपुरका ११२ जना र ९३ जना भक्तपुरका रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १५५९ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु