थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १५५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । हाल देशभर २० हजार ८९१ सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु