२० घण्टाको नवजात शिशुमा पनि कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा २० घण्टाको नवजात शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखराका २० घण्टाका शिशुमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि अहिले शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै एनआइसीयूमा राखिएको छ । गण्डकीमा उनीसँगै थप ३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसअघि पनि निर्देशनालयले आज बिहान ११ बजे एक विज्ञप्ति जारी गर्दै गण्डकीका ३ जिल्लामा गरी थप ३० जनामा कोरोना पुष्टि भएको जनाएको थियो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३८ सय ६६ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु