देशभर थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट निकाृ भएर ७३१ जना डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका संक्रमितको संख्यासँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ जना पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ४९१ जना संक्रमितको मृत्यस भएको पनि मन्त्रालयले जनाएको छ ।
हाल देशभर २० हजार ३९६ सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु