बाँकेमा प्लाज्मा थेरापी दिइएका २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा एकैदिन प्लाज्मा थेरापी दिइएका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज थप २ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
बाँकेका कोहलपुर १० का ५३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए भने ६ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको अवस्था सिकिस्त भएपछि रेमडिसिभर औषधि समेत चलाईको थियो । अवस्था झनझन जटिल बनेपछि प्लाज्मा थेरापी दिएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले बताए ।
यसैगरी बाँकेकै रानीतलाउ ७ बस्ने ३९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनमा भदौ ३१ गते कोरोना पुष्टि भएको थियो । त्यसयता नेपालगञ्ज मेडिकल कलेजमा उपचारमा रहेका उनलाई पनि प्लाज्मा थेरापी उपचार गरिएको थियो । उनको अवस्था खराब हुँदै गएर आज बिहान उनको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु