धनगढीमा ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : धनगढीकी कोरोना संक्रमित महिलाको आज उपचारकै क्रममा मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ६० बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।
मृतक महिलामा असोज १० गते कोरोना पुष्टि भएको थियो । त्यसयता सोही अस्पतालमा उपचार भइहरेकोमा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक महिलाको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अस्पतालको आइसीयूममा राखेर उपचार भइरहेको थियो।
योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु