पछिल्लो २४ घण्टामा थप १३५१ जना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरी थप १३५१ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । यसैगरी गत २४ घण्टामा ७४२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या नै ५४ हजार ६४० पुगेको छ ।
उता आज थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु