यी ७ जिल्लामा छन् ५ सय भन्दा बढी सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले हाल ७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित उपचारमा रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा प्रदेश नं १ को मोरङ, प्रदेश २ को सिराहा, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर र चितवन रहेका छन्। यसैगरी रुपन्देहीमा पनि हाल ५ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
यसैगरी ५ जिल्ला कोरोना शून्य जिल्ला रहेका छन्। मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल संक्रमित नरहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु