नेपालमा पीसीआर परीक्षण ९ लाख ७८ हजार नाघ्यो, ७१ हजार ८२१ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ९ लाख ७८ हजार २०४ जनाको कोरोना आशंकामा आरटी पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सरकारी तथा नीजि प्रयोगशालामा हालसम्म ९ लाख ७८ हजार २०४ जनाको पीसीआर परीक्षण गरिएको हो । यति संख्यामा परीक्षण गर्दा जम्मा ७१ हजार ८२१ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा दैनिक रुपमा सरदर १० हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३३१ रहेको छ । यसैगरी हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किसेकका छन्।
यसैगरी कोरोना संक्रमणमा परेर निको हुनेको प्रतिशत ७३ दशमलब ८रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु