नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बाँके अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ बाँके गाउँ निवासी ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत थिए ।
भदौ २९ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सोही अस्पतालमा आइसोलेनमा राखेर उपचार भइरहेकोमा उनको आज बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा प्लाज्मा थेरापी समेत गरिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु