सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको १८ वर्ष : अझै ५९ प्रतिशत महिला यसबारे अनभिज्ञ

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस । ‘सुरक्षित गर्भपतन सेवा प्रतिको हाम्रो प्रतिवद्धता, कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । तर यो दिवस मनाइरहँदा अझै पनि ५९ प्रतिशत महिला यसबारे अनभिज्ञ रहेको पाइएको छ ।
नेपालमा १८ वर्षअघि असोज १० गते आजकै दिन मुलूकी ऐनको ११ औं संसोधनपछि गर्भपतनले कानूनी मान्यता प्राप्त गरेको थियो। सोही दिन हरेक वर्ष नेपालमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिन्छ । गर्भपतन सेवा महिलाको प्रजनन स्वास्थ्य र अधिकाररसँग जोडिएको अधिकार भएकाले हरेक महिलाले आत्मसम्मानका साथ सुरक्षित गर्भपतन सेवा दिन पाउनुपर्छ भन्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज विविध कार्यक्रम गरिरहेको छ ।
महाशाखाकी वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको १८ वर्ष पुगिसक्दा पनि अझै ४१ प्रतिशत महिलालाई मात्र यो सेवाले कानूनी मान्यता पाएको छ भन्ने जानकारी भएको र ४२ प्रतिशतले मात्र यो सेवा लिएको भन्दै अझै यसबारे जनचेतना फैलाउन जरुरी रहेको बताइ्न । उनका अनुसार नेपालमा हालसम्म चिकित्सकसहित ४ हजार स्वास्थ्यर्मीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम दिइएको छ । यसैगरी १५ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सूचारु भइरहेको पनि उनको भनाई छ । हालसम्म नेपालमा १३ लाख महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
कोरोना महामारीका बेलामा पनि सुरक्षित गर्भपतन सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राख्दै सेवा सूचारु भइरहेको पनि उनले जानकारी दिइन्। नेपालको संविधानले प्रजनन स्वास्थ्यसहितको गर्भपतन सेवालाई महिलाको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । नेपालमा अझै पनि असुरक्षित गर्भपतनका कारण धेरै महिलाले ज्यान गुमाउने गरेको पाइन्छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना