थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १४५५ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १३१३ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालका कुल कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । यसैगरी गत २४ घण्टामा थप १४५५ जना कोराना जितेर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकाहरुसहित नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएकाको संख्या ५१ हजार ८६६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हाल देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित रहेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना