नेपालगञ्जका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एकलैनीका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
असोज ६ गते स्वास्थ्यमा समस्या आएर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताएका छन्।
उनको उपचारकै क्रममा आज मृत्यु भएको हो । अवस्था गम्भीर भएपछि उनमा रेमडिसिभिर औषधि समेत चलाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार मृतक उच्च रक्तचापका बिरामी थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति