Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित थपिए

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १४९७ जनामा संक्रमण देखिएको हो ।  योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै आज ७५५ नयाँ संक्रमित थपिएका छन्। उपत्यकामा काठमाडौंका ६०९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने १७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । उता कोरोना संक्रमणबाट ४५३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना