संस्थागत भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या धेरै
होम आइसोलेसनमा सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा संस्थागत भन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने उता होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या ९ हजार १८६ रहेको छ ।
सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमै बस्न सल्लाह दिएपछि अहिले धेरै संक्रमित होम आइसोलेसनमै रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै होम आइसोलेसनमा बस्नेको संख्या बाग्मती प्रदेशमा छ । बाग्मती प्रदेशमा होम आइसोलेसनमा ५ हजार ५१६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ४ हजार ६५० जना रहेका छन्। यसैगरी प्रदेश १ मा होम आइसोलेसनमा १५ सय २२ जना रहेकोमा संस्थागत आइसोलेसनमा बस्नेको संख्या जम्मा ४१ रहेको छ । प्रदेश नं २ मा ७२५ जना होम आइसोलेसनमा छन् भने ८६३ जना संस्थागत आइसोलेसनमा छन्। गण्डकी प्रदेशमा संस्थागत आइसोलेसनमा ६३६ र होम आइसोलेसनमा २८६ जना रहेको मन्त्रालयले जनाएको छ ।
उता प्रदेश ५ मा १३ सय ५९ जना संस्थागत आइसोलेसनमा छन् भने ७१७ जना घरमै बसेका छन्। यसैगरी कर्णालीमा २८९ जना संक्रमित संस्थागत । २२५ जना होममा रहेका छन्। सुदूरपश्चिममा ३९० जना संस्थागत र १९५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । लक्षण नदेखिएसम्म अस्पताल भर्ना नगर्ने सरकारको नीति बमोजिम अहिले धेरै संक्रमित घरमै बसेका छन्।
नेपालमा हाल कुल कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ रहेको छ । यसैगरी हालसम्म ४३६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार देशभर अहिले १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना