कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हाइजिन’ र ‘डिप्लोमा इन फार्मेसी’ मा भर्ना खुल्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले दुई वटा विषयमा भर्नाको लागि आव्हान गरेको छ ।
कलेजले डिप्लोमा इन फार्मेसी र डेन्टल हाइजिनमा भर्ना खुलाएको हो । कलेजले सूचना जारी गर्दै डिप्लोमा इन फार्मेसी ३ वर्षे र सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन) ३ वर्षे कार्यक्रमका लागि भर्ना खुलाएको हो ।
सीटीइभीटीबाट सम्बन्धन प्राप्त र व्यवसायिक तालिम परिषदद्धारा मान्यता प्राप्त कलेजले खोलाएको कार्यक्रमका लागि एसएलसी\एसइइ उत्तिर्ण गरेको र विज्ञान, गणित, अंग्रेजी विषयमा ‘सी’ ग्रेड ल्याएको तथा कुल २ जीपीए हुनेहरुले आवेदन दिन सक्ने छन्। दुबै विषय पढेका दक्ष जनशक्ति नेपालमा र विदेशमा समेत माग हुने र तुरुन्त जागिर पाइहाल्ने प्राविधिक विषय भएको कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनाए ।
भर्ना हुन इच्छुक विद्यार्थीले असोज १५ गतेसम्म दरखास्त दिन सक्ने कलेजले जनाएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना