Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरामा भारतबाट आएका कोरोना संक्रमितको मृत्यु

डडेल्धुरामा भारतबाट आएका कोरोना संक्रमितको मृत्यु

शेर भण्डारी \डडेल्धुरा : डडेल्धुरामा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकाका अन्दाजी ४८ वर्षीय पुरुष रहेका छन्।

दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा आएको अस्पातल प्रशासनले जनाएको छ। तर डडेल्धुरा अस्पतालका निमित्त मेसु डा। जगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिले नै मृत्यु भइसकेको बताए।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको डडेल्धुराको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना