Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ९९ प्रतिशत कोरोना संक्रमित ‘ट्राभल हिस्ट्री’ भएका : अध्ययन

नेपालमा ९९ प्रतिशत कोरोना संक्रमित ‘ट्राभल हिस्ट्री’ भएका : अध्ययन

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा कोरोना संक्रमितमध्ये ९९ प्रतिशत ट्राभल हिस्ट्री भएका रहेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययनमा नेपालमा कोरोना संक्रमित मध्ये ९९ प्रतिशतमा ट्राभल हिष्ट्री भएको पाइएको हो ।

परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले आज सर्वेक्षण सार्वाजनिक गर्दै उक्त कुरा बताएका हुन्। डा ज्ञवालीका अनुसार देशभर ५५२ जना कोरोना संक्रमितमा गरिएको सर्वेक्षण अनुसार देशभित्र ६९ दशमलब १५ प्रतिशतले ट्राभल गरेको पाइएको छ भने २९ दशमलब ९५ प्रतिशत अन्तर्राष्ट्रिय भ्रमणमा गएर आएको पाइएको हो ।

संक्रमितहरुको शारीरिक अवस्थाको अध्ययन गर्दा ८९ दशमलब १५ प्रतिशत व्यक्तिहरु सामान्य अवस्थामा रहेको पाइयो भने १० दशमलब ९५ प्रतिशतमा रुघाखोकी, चिसो महशुस हुने, कमजोरी हुने स्वादगन्ध थाहा नपाउने जस्ता लक्षण देखिएको पाइएको थियो । यसैगरी ३५ प्रतिशत भन्दा बढी विरामीहरुमा निको भएको २ देखि ३ हप्ता सम्म पनि खोकी, थकान र श्वास फेर्न गाह्रो हुने लक्षण भएको पाइयो ।

उता कोभिड -१९ को प्रभाव रोगी र वृद्धवृद्धामा मात्र धेरै हुन्छ भन्नेलाई गलत साबित गर्दै यो भाइरसले सामान्य लक्षण भएका विरामीहरु साथै युवा तथा वयस्कहरुमा पनि लामो समयसम्म विरामी बनाउन सक्ने पाइयो । सर्वेक्षणमा सहभागी ५५२ संक्रमितमध्ये ७० जना मात्र अन्य दीर्घ रोगहरुबाट जस्तैः– मधुमेह, मुटुरोग, दम बाट ग्रसित भएको पाइएको अध्ययनमा उल्लेख छ ।

नेपालमा कोभिड -१९ संक्रमणबाट मुक्त भएका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन परिषदले यो अध्ययन गरेको जनाएको छ । अध्ययनले संक्रमणमा परेर निको भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था, सामाजिक तथा मानसिक अवस्थाको पनि अध्ययन गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना