२४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
उता आज कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या संक्रमित भएका भन्दा धेरै १८९३ रहेको छ । हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना