स्वास्थ्य मन्त्रालय भन्छ, संक्रमित बढे पनि अब लकडाउन हुँदैन्

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गए पनि लकडाउन गर्ने अवस्थामा नभएको जनाएको छ ।
दशैं तिहार जस्ता ठूला चाडबाड आउने क्रममा छन्। यो बेला धेरैको मनमा यताउता जाने बेला लकडाउनका कारण विचमा परिन्छ की भन्ने लागिरहेको पनि होला । यदि त्यसो सोचेको भए सरकार अब कुनै पनि हालतमा लकडाउनको मुडमा नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई संक्रमित बढिरहेका छन् अब के हुन्छ त भन्ने प्रश्नमा उनले आफूहरु जुनसुकै अवस्था आए पनि लकडाउनमा नजाने जनाएका हुन्। उनले भने, ‘कोरोना आज भोलि सकिने भाइरस हैन् त्यसैले अझै २ वर्षसम्म यसलाई हामीले झेल्न पर्ने हुनसक्छ । अनि के २ वर्ष सम्म लकडाउन गर्ने त उनले प्रतिप्रश्न गरे ।’ उनले मानिस रोग लाग्नु भन्दा अघि भोकले मर्न थाले त्यसैले लकडाउन गरेर धेरैको ज्यान जोखिममा पार्नु मुर्खता हुने बताए ।
डा गौतमले सबै जनाले अब जनस्वास्थ्यका मापदण्डलाई मुल मन्त्रका रुपमा लागू गर्दै अघि बढ्नुपर्ने बताए । सामाजिक दूरी कायम गर्ने, भिडभाडमा जाँदा मास्क अनिवार्य लगाउने र साबुन पानीले हात धोइरहने कामलाई निरन्तरता दिंदै अन्य गतविधि पनि अघि बढाउनै पर्छ । नागरिकलाई कोरोनाबाट बचाउन सरकारले जति काम गरे पनि व्यक्ति स्वयं सचेत नभएसम्म कोरोना नियन्त्रण हुन असम्भ रहेको भन्दै डा गौतमले सबै जना आफै सचेत हुनुपर्ने बताए ।
सरकारले कोरोना नियन्त्रणका लागि भन्दै झण्डै ४ महिला लकडाउन गरेको थियो । लकडाउनका कारण दैनिक काम गरेर गुजारा चलाउनेलाई हात मुख जोर्न नै समस्या भएपछि सरकारले लकडाउनको अन्त्य गर्दै जीवनलाई सामान्य बनाउन सुझाव दिएको थियो । मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले कोरोना सँगै जिउनुको विकल्प नरहेको भन्दै अब लकडाउन निषेधाज्ञाले झनै समस्या निम्त्याउने बताए । त्यसैले अहिले स्वास्थ्य मन्त्रालयले लकडाउन निषेधाज्ञाबारे सोचेकै छैन्, उनले थपे ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना