सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कैलालीका २६, बझाङका १६, कञ्चनपुरका पाँच जना, डडेल्धुराका चार, अछाम र बैतडीका एकरएक जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए। उनले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६ जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ९ सय दुई पुगेको छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति