काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ६७४ जना कोरोना संक्रमित फेला परेका छन।
आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ र ललितपुरका ६२ जना रहेका छन्। देशभर आज ११५४ जना संक्रमित भेटिंदा उपत्यकामा मात्रै ६७४ संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितको संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ भने ४२७ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति