भेरी अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको हो ।
भदौं २० गते स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना भएका उनमा भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आइसीयूमा राखिएको अस्पतालले जनाएको छ । उनको अवस्था सिकिस्त हुँदै गएपछि रेमडिसिभिर औषधि समेत चलाइएको अस्पतालले जनाएको छ ।
यसैगरी अवस्था सुधार होलाकी भनेर प्लाज्मा थेरापी उपचार समेत गरिएको भए पनि उनको अवस्था झनझन जटिल बन्दै गएर शनिबार राती ११ :३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनीसहित बाँकेमा हालसम्म १० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति