Health TV Online
Health TV Online

शनिबार काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

शनिबार काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ७११ संक्रमित पुष्टि भएका छन्। जबकी देशभर २४ घण्टामा जम्मा १२०४ जनामा संक्रमण देखिएको छ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका मात्र ५७० जना, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक रुपमा सयौं संक्रमित देखिंदै आएका छन्। हिजो शुक्रबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ८५९ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने ४०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना