काठमाडौं उपत्यकामा ५ जनासहित थप ११ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ११ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । आज मृत्यु हुने संक्रमितहरुमा मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका २ महिला र एक जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका एक पुरुष र बाँकेका ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १२०४ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति