थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ हजार नाघ्यो
१४४७ जना कोरोना जितेर डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १२०४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । गत २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।
यसैगरी हाल नेपालमा देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति