बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल आजदेखि बन्द

हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल आजबाट बन्द भएको छ । वैशाख १९ गतेदेखि कोरोना संक्रमितको उपचारका लागि सञ्चालन भएको कोभिड आइसोलेसन वार्ड बन्द भएको अस्पतालका अध्यक्ष भक्त बहादुर केसीले जनाएका छन्।
आज अस्पतालमा रहेका २२ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै कोरोना अस्पतालको रुपमा शुरु गरिएको सेवा पनि बन्द गरिएको हो । यसअघि पनि कोरोना संक्रमितको सम्पूर्ण व्यवस्थापन भेरी अस्पतालले गरेको थियो । अब भने भेरी अस्पतालमै आइसोलेसन वार्ड बनाएपछि क्यान्सर अस्पतालको आइसोलेसन वार्डलाई बन्द गरिएको केसीले जनाए ।
क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार हुन थालेपछि त्यस क्षेत्रका क्यान्सरका बिरामी मारमा पर्दै आएका थिए । छुट्टै भवनबाट क्यान्सरको उपचार सूचारु गरिएको भए पनि बिरामी कोरोनाको त्रासका कारण सेवा लिन आउन सकेका थिएनन्। यो बीचमा १९७ जना कोरोना संक्रमितले यहाँबाट सेवा लिएर संक्रमणमुक्त भएर डिस्चार्ज भएर गएको बताइएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति