वरिष्ठ आँखा रोग विशेषज्ञ डा रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले बरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुईतलाई नेपालको सबैभन्दा ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट विभूषित गरेको छ ।
तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा रुइतले हजारौं नेपालीको आँखाको ज्योती फर्काएका छन्। । म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका उनलाई आँखा स्वास्थ्य सेवामा पुर्याएको योगदानका लागि उक्त पदवी प्रदान गरिएको हो ।
राष्ट्रको गौरव बढाउन विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुराउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । सरकारले यसपटक उनीसहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने ५९४ जनालाई विभिन्न पदवीले सम्मान गरेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति