Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा एकैदिन थपिए ८५९ जना संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन थपिए ८५९ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज एकैदिन ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो एकैदिन उपत्यकामा देखिएको अहिलेसम्मकै उच्च संक्रमित संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६९८ जना, भक्तपुरका ८२ जना, ललितपुरका ७९ जना रहेका छन्।

गत २४ घण्टामा देशभर २०२० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । यसैगरी हालसम्म ३९० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना