गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहानदेखि ३ वटा विज्ञप्ति निकालेर थप ५६ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३३ सय ३६ पुगेको छ । गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको पनि निर्देशनालयले जनाएको छ । नवलपरासी देवचुलीका ३१ वर्षीय संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति