Health TV Online
Health TV Online

ट्रमा सेन्टरमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क

ट्रमा सेन्टरमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क

हेल्थ टिभी अनलाइन\ काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा गरिब तथा विपन्न वर्गका लागि आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क हुने भएको छ ।

सेन्टरले बिहिबारदेखि गरिब तथा उपचार खर्च तिर्न नसक्ने विपन्न बिरामीका लागि आकस्मिक स्वास्थ्य सेवाका लागि लाग्ने खर्च नि: शुल्क गरेको हो ।

ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा आकस्मिक स्वास्थ्य सेवाका लागि आउने जोकोही पनि गरिब तथा विपन्न भएमा उपचार खर्च नि: शुल्क हुने बताए । उनले ट्रमा सेन्टरमा शुरुदेखि नै यो सेवाको लागि पहल गरिरहेको भए पनि अब भने सम्भव भएको बताए । उनले यो सेवाबाट धेरै विपन्न परिवारलाई राहत हुने विश्वास लिएको जनाए ।

डा पौडेलले ट्रमा सेन्टर यसरी आकस्मिक सेवा नि: शुल्क दिने पहिलो अस्पताल भएको पनि दावी गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना