नेपालगञ्जका ४५ वर्षीय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उप महानगरपालिका वडा नं- १ निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बाँके स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
भदौ २९ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका उनको कोरोनाको आशंकामा पीक्षण गर्दा ३१ गते रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा पठाइएको भए पनि उनको उपचारकै क्रममा आज बिहिबार साँझ ५ :१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
विज्ञप्ति:
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति