‘स्वास्थ्यकर्मीको सम्मानमा आज ८ बजे घर घरमा दीप प्रज्वलन गरौँ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ८ बजे स्वास्थ्यकर्मीको सम्मानमा घर घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
विश्व बिरामी सुरक्षा दिवसको अवसर पारेर मन्त्रालयले कोरोना महामारीमा अग्रपङ्तीमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मान एवं संक्रमितको मनोबल बढाउनका लागि आ आफनो घरमा दीप प्रज्वलन गरिदिन आग्रह गरेको हो । यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ज्यान गुमाउन पुगेका सम्पूर्णलाई सम्झना गर्दै यो दीप प्रज्वलन गरिदिन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोखरेलले दोस्रो बिरामी सुरक्षा दिवसको अवसरमा आजै साँझ ७ बजे माइतीघरमा दीप प्रज्वलन गर्ने र कोरोनाबाट ज्यान गुमाउनेको सम्झनामा १ मिनेट मौन धारण गर्ने कार्यक्रम रहेको बताए । उनले बिरामी सुरक्षा दिवसको अवसरमा गर्न लागिएको यो कार्यक्रममा सबैले आ आफनो स्थानबाट दीप प्रज्वलन गरेर स्वास्थ्यकर्मीको हौसला बढाइदिन आग्रह गरे ।
विश्व बिरामी सुरक्षा दिवस विश्व स्वास्थ्य संगठनको आव्हानमा गत वर्षबाट मनाउन लागिएको हो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति