Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १६४ महिला र ३४३ पुरुष, भक्तपुरका २९ महिला र २१ पुरुष, ललितपुरका ३१ महिला र ३० पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना