Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ सय ४६ जनामाा कोेरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ सय ४३ जना संक्रमित कोरोना जितेर निको भएका छन्। आज डिस्चार्ज भएकासहित गरी हालसम्म ४२ हजार ९४९जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना