कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा आज दीप प्रज्वलन गरिँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्व बिरामी सुरक्षा दिवस । दिवसको अवसर पारेर सरकारले आज साँझ कोरोना संक्रमित र उनीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्ने भएको छ ।
‘सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ । यसपटक विश्वभरी नै कोरोना महामारी भएका बेला अझ बढी स्वास्थ्यकर्मी- बिरामीको सम्बन्ध प्रगाढ हुन जरुरी भएको भन्दै स्वास्थ्य मन्त्रालयले आज बेलुका ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने जनाएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतमा उपचारात्मक महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले कोरोना महामारीमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीको सम्मान र यस संक्रमणसँग जुधिरहेकाहरुको मनोबल बढाउनका लागि सबैलाई आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहको लागि १ मिनेट मौन धारण गरिने कार्यक्रम रहेको पनि जनाए ।
उनले स्वास्थ्यकर्मी सुरक्षित रहे मात्र बिरामी सुरक्षित रहने भन्दै यो दिवस बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीमा केन्द्रित रहेको बताए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति