नेपालमा अहिलेसम्मकै उच्च संक्रमणको रेकर्ड, २४ घण्टामा थपिए १५ सय ३९ संक्रमित
पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा अहिलेसम्मकै उच्च १५ सय ३९ जना संक्रमित एकैदिन देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । एकैदिन देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ६८ जना कोरोना जितेर निको पनि भएका छन्। यो संख्यासँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभरमा विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज ८ जना संक्रमितको मृत्युभएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति