पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ दिनकी सुत्केरीमा कोरोना संक्रमण, प्रसूति वार्ड ३ दिन बन्द

हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिन आएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको प्रसूति सेवा ३ दिनका लागि बन्द गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं १० निवासी २४ वर्षीया महिला भदौ २७ गते प्रसूतिका लागि प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएको र सोही दिन इमरजेन्सी शल्यक्रिया मार्फत बच्चा जन्मिएको थियो । कोरोना आशंकामा परीक्षण गर्दा आज कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको आजै कोरोना परीक्षणका लागि स्वाब लिइएको र रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा रहने साथै उक्त वार्ड र अपरेशन थियटर निर्मलीकरण गर्नुपर्ने भएकाले आजदेखि असोज १ बिहिबार सम्मका लागि इमरजेन्सी केस बाहेक अन्य प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक प्रा डा अर्जुन आचार्यले बताएका छन्।
प्रसूतिबाहेकका अन्य सेवा भने सूचारु रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति