४ महिलासहित थप ११ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ४ जनासहित ११ जनाको मृत्यु भएको हो । यसरी कोरोनाबाट ज्यान गुमाउनेहरुमा सर्लाहीका ६४ वर्षीय पुरुष, सिराहाका ३५ वर्षीया महिला, बाराकी ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, कपिलवस्तुका ५८ वर्षीय पुरुष र रुपन्देहीकी ६४ वर्षीया महिला रहेका छन्।
यसैगरी काठमाडौंका ८६ वर्षीया महिला र ३ पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । यसरी आज ४ जना महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति