Health TV Online
Health TV Online

एकैदिन थपिए १४ सय ५९ जना कोरोना संक्रमित

एकैदिन थपिए १४ सय ५९ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा थप १४ सय ५९ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । गत २४ घण्टामा १ हजार ६२ जना संक्रमित कोरोना जितेर निको भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी हाल कोरोनाको आशंकामा ७ हजार २५० जना देशभरका विभिन्न जिल्लाका क्वारेन्टइनमा बसेका छन्।

यसैगरी हाल नेपालमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना