Health TV Online
Health TV Online

लक्षण देखिए मात्रै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने भन्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

लक्षण देखिए मात्रै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने भन्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले आइतबार मात्रै एक निर्णय गर्दै लक्षण देखिएका चिकित्सक एवं स्वास्थ्यकर्मीको मात्रै कोरोनाको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरोध गर्दै नेपाल चिकित्सक संघले आज विज्ञप्ति निकालेको छ।

संघले कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेको र अग्रपङ्तिमा रहेर स्वास्थ्य सेवा दिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भई अस्पताल भर्ना हुने क्रम बढिरहेका बेला लक्षण देखिए मात्र कोरोना परीक्षण गर्छौ भन्नु गैर जिम्मेवारी र गैर मानवीय भएको जनाएको छ ।

यस्तो महामारीमा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनुको सट्टा उल्टो हतोत्साही हुने निर्णय गरेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिन पनि संघले मन्त्रालयलाई आग्रह गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा सरकारले यो बेला जोखिममा रहेका सबैको निशर्त पीसीआर परीक्षण गर्नुपर्नेमा अझै उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई पनि लक्षण देखिएमा मात्र परीक्षण गर्ने मापदण्ड बनाउनु दुखद भएको उल्लेख छ ।

संघले मन्त्रालयले गरेको यो गैरमानवीय निर्णय अबिलम्ब फिर्ता लिन माग रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना