लक्षण नदेखिएसम्म स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
कोरोना उपचार खर्च सरकारले नव्यहोर्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले स्पष्ट लक्षण नदेखिएका कसैको पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले स्पष्ट लक्षण नदेखिएका कसैको पनि पीसीार परीक्षण नगर्ने निर्णय गरेको हो।
यसैगरी कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा सबै स्वास्थ्यकर्मीको हकमा पनि यही निर्णय लागू हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीले पनि यदि शंका लागेर परीक्षण गर्नु पर्यो भने आफनै खर्चमा गर्नुपर्नेछ ।
उता विदेशबाट नेपाल आउने जोकोही पनि क्वारेन्टाइनमा बस्दा आफनै खर्चमा बस्नुपर्ने नियम पनि बनाइएको छ। यसरी बस्दा पनि लक्षण देखिएन भने पीसीार परीक्षण गरिने छैन् । सरकारले अबदेखि विपन्न नागरिकको मात्रै उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । अन्यले आफै उपचार गर्नु पर्नेछ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति