बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई आज कोरोना पुष्टि भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले आफूले प्रतिष्ठानको कामको शिलशिलामा सम्पूर्ण सुरक्षा उपाय अपनाएर काम गरिरहेको भए पनि आज साँझ कोरोना संक्रमित हुन पुगेको जनाएका छन्।
यसका साथै उनले आफूमा कुनै लक्षण नदेखिएको र होम आइसोलेसनमा रहेको पनि जानकारी गराएका छन्। आफनो सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन पनि उनले आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति