बाँकेमा थप २ जनाले गरे ‘प्लाज्मा दान’

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा प्लाज्मा थेरापीका लागि कोरोना संक्रमणमुक्त भएका थप २ जनाले ‘प्लाज्मा दान’ गरेका छन्। भेरी अस्पतालमा रहेको रक्तसंचार केन्द्रमा उनीहरुले प्लाज्मा दान गरेका हुन्।
खजुरा गाउँपालिका- ४ का ३२ बर्षीय सञ्चारकर्मी खगेन्द्र दाहाल र नेपालगन्ज- ११ का ४० बर्षीय सन्तोष पाठकले प्लाज्मा दिएका हुन्। दाहालले आफू संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले संक्रमणमुक्त भएको ३६ दिनपछि प्लाज्मा दिएका हुन्।
भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गर्दा एक जना सिकिस्त भएका संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।
बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त भएका सात जनाले प्लाज्मा दान गरिसकेको भेरी अस्पतालका सिनियर अहेब होमनाथ सुवेदीले बताए । दान गरिएको रगतबाट प्लाज्मा निकालेर राख्ने र सिकिस्त बिरामीलाई दिइने पनि उनले जानकारी गराए ।
सिकिस्त भएका कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी उपयोगी हुने विज्ञहरुको राय बमोजिम यो उपचार विधि नेपालमा पनि शुरु भएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति